सानिमा जिआइसी इन्स्योरेन्समा ६ संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2023 | 05:07:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जीआइसी इन्स्योरेन्समा ६ जना संचालक चयन भएका छन् । कम्पनीको आज  जेठ ३२ गते पाँचौ वार्षिक साधारण सभाले ६ संचालक चयन गरेको हो ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट कुनाल कयाल, दिलिप श्रेष्ठ र मिता मुरारका अग्रवाल तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट हेमन्त कुमार दवाडी, प्रकाश मान श्रेष्ठ र सरस्वती गौतम (ज्ञवाली) लाई निर्विरोध संचालक निर्वाचित गरेको हो।

त्यस्तै सभाले  सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत आ.व. २०७८ / ०७९ को वार्षिक प्रतिवेदन ,  लेखापरीक्षको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७८ / ०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु तथा NFRS बमोजिमको वित्तीय विवरण पारित गरेको छ।

कम्पनीले  आर्थिक वर्ष २०७९/०८० को लागि वाह्य लेखापरीक्षण गर्न लेखापरिक्षक श्री एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टसलिई नियुक्त गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved