उदयपुर सिमेन्टका महाप्रबन्धक न्यौपाने दिए पदबाट राजिनामा, चौतर्फी असहयोग भएको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2023 | 09:20:44 AM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुर सिमेन्टका महाप्रबन्धक गोपी न्यौपानेले पदबाट राजिनामा दिएका छन्। उदयपुर सिमेन्टलाई अघि बढाउँनलाई माग गरीए बमोजिमको आर्थिक तथा नैतिक सहयोग नभएकाले राजिनामा दिनुपरेको न्यौपानेले जनाएका छन्। 

"यथास्थितिमा उद्योगलाई कार्ययोजना बमोजिमको  स्पष्ट गति दिन नसक्ने भएकोले राजिनामा स्वीकृतार्थ पेस गरेको व्यहोरा अनुरोध छ।" न्यौपानेले बुझाएको राजिनामा पत्रमा उल्लेख छ। 

यथास्थितिमा उदयपुर सिमेन्ट चलाउँदा झनै नोक्सानी बढ्ने भएकाले केहि आर्थिक सहयोग जुट्दा कम्पनीलाई नयाँ दिशा दिन सकिने बताउँदा पनि कुनै सहयोग नभएपछि राजिनामा दिनलाई बाध्य भएको उनको राजिनामा पत्रमा उल्लेख छ। 

३१ बर्ष पुराना जीर्ण मेसिनहरु मध्ये क्लिन सेल फेर्न, बर्नर फेर्न, जिसिटीको मर्मतसम्भार गर्न र क्याल्सनाइर प्रविधि जडान गरी हालको दैनिक ६ हजार बोरालाई वृद्धि गरी दैनिक १६ हजार ८ सय  बोरा पुर्याउन  ध्यानकार्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि राजिनामा दिनुपरेको उनले भनेका छन्। 

प्रतिबद्दता गरिएको  १५ करोड मात्र भएपनि यही २०८० जेष्ठ मसान्तसम्म ऋण उपलब्ध गराउनलाई आग्रह गर्दापनि सहयोग नजुटेपछि राजिनामा दिन बाध्य हुनु परेको न्यौपानेको भनाई छ। न्यौपानेले हालको दैनिक ६ हजार बोरालाई वृद्धि गरी दैनिक १६ हजार ८ सय  बोरा पुर्याउन अहिले प्रयोगमा आइरहेका जीर्ण मेसिनहरु मर्मत गर्नुपर्ने र त्यसका लागि ऋण दिनुपर्ने आग्रह गरेका थिए। 

न्यौपानेले मिति २०८०/२/२२ मा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजाललाइ जिर्ण भएको उद्योगको पूनर्संरचनाका लागि मागेको ५५ करोड ७५ लाख भएपनि हाललाई रु. १५ करोड यही २०८० जेष्ठ मसान्तसम्म नदिए उद्योगमा जान सकिने अवस्था नरहेको भनी अल्टिमेटम दिएका थिए। तर त्यो बिषयलाई न्यौपानेले उदयपुर सिमेन्टबाट राजिनामा दिएको भन्ने अर्थ लाग्दा यसअघि नै उनले राजिनामा दिएको भन्ने बजार हल्ला भएको थियो।

माछापुच्छ्रे बैंकमा १० बर्ष संचालक भएका न्यौपाने २०४९ सालका अडिटर र पछि कानुन व्यवसायी भएर वकालत समेत गर्दै आएका छन । इन्जिनियरिङ शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गरेका उनी पूर्वान्चल विश्वाविद्यालया, इन्जिनियरिङ संकाय, विद्यापरिषद्का सदस्य पनि हुन। नाडा अटोमोबाइल्समा लामो समय काम गरेका न्यौपाने महासचिव सम्म भए भने निजी क्षेत्रमा स्थापित हस्पिटलहरुको संस्था अफिनको महासचिव सम्म भएर काम गरे। 

टिटिएस, गोरखा एकीकृत कृषि फर्मका सल्लाहकार समेत रहेका न्यौपाने राष्ट्रिय व्यवसायिक पहल (एनबिआइ) का सचिव समेत भएर काम गरे । नागरिक कम्युनिटी हस्पिटल जन्माउने कुसल संस्थापक न्यौपानेले  नागरिक हेल्थ ट्रष्ट फण्डका अध्यक्ष रहेर भूकम्पको बेला देखि कोभिडको प्रकोपसम्म हेल्थ सेक्टरमा उदाहरणीय काम गरेका छन् ।

लायन्स ब्लड बैंकको संस्थापक सदस्य, हनुमन्ते सरसफाइ अभियानको सल्लाहकार, मानव कल्याण समाज, भक्तपुरका सल्लाहकार संयोजक, राष्ट्रको लागि दुई घण्टा समयका सल्लाहकार लगायत दर्जनौं सामाजिक संस्थामा जोडिएका छन् ।औपचारिक शिक्षा एमबिए/एलएलएम गरेका न्यौपानेले बैकमा क्यापिटल एड्डेक्वीसी र जोखीमको कारणले नाफामा पार्ने प्रभावको बारेमा बिद्यावारिधी गर्दैछन् । न्यौपानेलाई केपी ओली सरकारको पालामा खुल्ला प्रतिष्पर्धाको माध्यमबाट उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदमा नियुक्ति गरिएको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved