नेप्सेको अध्यक्षमा बराल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2023 | 03:53:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा भुपाल बराल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले मन्त्रालयका सहसचिव बराललाई नेप्सेको अध्यक्ष नियुक्त गरि पठाएको हो।

अध्यक्ष बरालले असार ३ गतेदेखि नेप्सेको अध्यक्षको रुपमा काम प्रारम्भ गरेका छन् ।  उनी अर्थमन्त्रालयको  वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख हुन् ।

यस अघि नेप्सेको अध्यक्षमा चक्र बहादुर बुढा थिए । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयका सहसचिव रहेका चक्र बहादुर बुढाको सरुवा गरिदिएपछि नेप्सेमा अध्यक्ष पद रिक्त रहेको थियो ।  बुढा हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छन् । 

नेप्सेमा अर्थ मन्त्रालयको सबै भन्दा धेरै अर्थात् ५८.६६ प्रतिशत शेयर लगानी रहेको छ । मन्त्रालयले नै नेप्सेमा अध्यक्ष चयन गरि पठाउने गरेको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved