प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 06:04:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा अनिल श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सको सञ्चालक समितिको बैंठकले २०८० असार १५ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई ४ वर्षका निम्ति प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार श्रेष्ठसंग विभिन्न वित्तीय संस्थाहरुमा २७ वर्ष लामो अनुभव छ। उनले १३ वर्ष रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

 श्रेष्ठले शंकरदेव क्याम्पसबाट स्नातकोत्तर उपाधि हासिल गरी युनिभरसिटी अफ क्यालिफोर्नियाबाट व्यवसायिक सञ्चार विषयमा तालिम समेत लिएका छन् । वित्तीय जोखिम व्यवस्थापन तथा अनुपालनमा राम्रो अनुभव हासिल गर्नुभएका श्रेष्ठको नेतृत्वमा संस्थाले थप उँचाई हासिल गर्ने विश्वास फाइनान्सको सञ्चालक समितिले गरेको जनाएको छ ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफ्नो कार्यकालमा संस्थालाई अझ सबल, सक्षम र उत्कृष्ट बनाउन हरसम्भव प्रयास गर्ने विचार व्यक्त गर्दै यसका निम्ति सबै क्षेत्रबाट आवश्यक सहयोगबाट नै उद्देश्यमा अवश्य सफल हुनेछौं विश्वास व्यक्त गरे । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved