प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 12:18:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भएर  आषाढ २९ गतेबाट एकिकृत कारोबार गर्दै छन्  । 

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ  ३ गते अन्तिम सहमति भएको थियो । सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि बीमा प्राधिकरणले नियुक्तिको लागि स्वीकृति दिएको हो । 

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकाल देखिको प्रमुख कार्यकारी अधिकृत हुन् ।२०३८ सालमा नेपाल बैंक लि.को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गरेका उनी ४२ वर्ष देखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् ।

२०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक उनी संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यस पछि नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी बिकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भईसकेका छन् ।

विगत २८ वर्ष देखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रही आफु कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गरेकोले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई पनि उचाइमा पुर्‍याउने विश्वास गरिएको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved