गरिमा क्यापिटलको सञ्चालक समिति फेरबदल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 05:02:25 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा क्यापिटलको सञ्चालक समिति फेरबदल भएको छ।  कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् ।

 त्यस्तै गरिमा विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको क्यापिटलले जनाएको छ । साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मी सञ्चालकको रुपमा नियुक्त भएका छन् ।  

कम्पनीको अध्यक्षमा दिपक पाण्डेय यथावत रहेका छन् । अन्य सञ्चालकहरुमा अनिल श्रेष्ठ, अनिल रेग्मी,  राम प्रसाद श्रेष्ठ , नगीमा श्रेष्ठ, महेश प्रसाद काफ्ले र माधव प्रसाद उपाध्याय  रहेका छन्  ।  यी मध्ये नगीमा श्रेष्ठ र महेश प्रसाद काफ्ले स्वतन्त्र सञ्चालक हुन्। 

क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई रहेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved