माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पराग विष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2023 | 02:28:49 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पराग विष्ट नियुक्त भएका छन्। क्यापिटलको संचालक समितिको बैठकले आज साउन १ देखि लागु हुने गरि विष्टलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यस अघि उपेन्द्र मालाकार क्यापिटलको सीइओ थिए ।

नव नियुक्त सीईओ विष्टले इण्डियन इन्स्टिच्युट अफ कलकताबाट एक्जीक्युटिभ प्रोग्राम इन बिजनेश म्यानेजमेन्ट तथा दिल्ली विश्वविद्यालयबाट एमकमको अध्ययन पुरा गरेका छन् । उनी विगत १९ वर्षदेखि नेपाल तथा भारतका बैंकिङ क्षेत्रमा कार्यरत छन् ।

विष्टले सन् २००४ मा आरआर इन्भेष्टर्स प्रालिबाट आफ्नो करियर सुरु गरेका थिए । उनले त्यहाँ २०११ सम्म एसीस्टेन्ट भाइस प्रेसिडेन्टको रुपमा काम गरेका थिए । सन् २०११ मा उनी एसएमसी ग्लोबल सेक्युरिटिज प्रालिमा एसीस्टेन्ट भाइस प्रेसिडेन्टको रुपमा आवद्द थिए। त्यसपछि उनले भारतको इन्फोलाइनमा एसोसियट भाइस प्रेसिडेन्टको रुपमा कार्य गरेका थिए । 

 सन् २०१३ मा नेपाल फर्किएका उनी एनआइबिएल क्यापिटलमा म्यानेजरको रुपमा आवद्द भएका थिए । त्यसपछि उनी सिभिल क्यापिटलको सीइओ पनि भए ।  माछापुच्छ्रे क्यापिटल आउनु अघि उनी सन् २०१८ जनवरीदेखि ग्लोबल आईएमई क्यापिटलको डेपुटी सीइओ थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved