कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2023 | 05:06:26 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा पुष्प शर्मा नियुक्त भएका छन् । क्यापिटलको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले आज साउन १ गतेदेखि लागु हुने गरि  शर्मालाई सीईओ नियुक्त गरेको हो।

यस अघि उनले कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी सम्हाल्दै आएका थिए । बैकिङ्ग तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव रहेका  शर्मा स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्व भएको क्यापिटलले जनाएको छ।

उनी कुमारी क्यापिटलमा आवद्द हुनुपुर्व नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रुपमा नेपाल एसबिआई बैंकबाट काजमा रहि कार्यरत थिए।

नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माको व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेमा विश्वस्त रहेको क्यापिटलले जनाएको छ।

कुमारी बैंकको सहायक कम्पनीका रूपमा रहेको कुमारी क्यापिटलको चुक्ता पूँजी ४० करोड रहेको छ ।  क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट  अनुमति लिई कोष व्यवस्थापन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, मर्चेन्ट बैंकिङ्ग लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved