प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2023 | 09:01:25 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । कम्पनीको साउन गते साँझ  ५ बजे संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको संचालक समितिको पहिलो बैठकले संचालक शिक्षा भट्टचनलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो।

 शिक्षा भट्टचन सांसद देवी भट्टचनको छोरी हुन् । यस अघि शिक्षा भट्टचन प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष थिइन् । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बनेपछि उनी अध्यक्ष चयन भएकी हुन् । उनी प्रभु ग्रुपको म्यानेजिङ डाइरेक्टर पनि छिन् ।

उनी नेपाल भित्र र नेपाल रहेका प्रभु ग्रुपका विभिन्न कम्पनीमा नेतृत्वदायी भूमिकामा छिन् । उनले अमेरिकाको न्युयोर्क विश्वविद्यालयबाट साइबर सेक्युरिटीमा मास्टर्स अध्ययन गरेकी छिन् । 

प्रभु महालक्ष्मी लाइफको अन्य संचालकमा उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, शुसन शेरचन, शंकर गौतम, र ज्योति शेरचन रहेका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved