इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा उप्रेती नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 07:18:16 PM मा प्रकाशित

laxmi  sunrise bank

इमर्जिङ्ग नेपाल लिमिटेडको  प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त भएका छन् । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले  प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त गरेको छ ।

कम्पनीले उप्रेतीलाई असोज १८ देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो । उप्रेती यस अघि एन आई सी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए।

उप्रेतीले भारतकोभारतको चार्टर्ड एकाउन्टेन्ट्स संस्थानबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved