नेपाल एसबिआई बैंकको डेपुटी सीइओमा पंडा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 10:17:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राजेश कुमार पंडा नियुक्त भएका छन्। बैंकको असोज २२ मा बसेको संचालक समितिको बैठकले पंडालाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो।

उनी भारतीय स्टेट बैंक (एस.बी.आई) को तर्फबाट खटिई आएका हुन् ।

यस अघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हाली रहेका प्रमुख वित्तीय अधिकृत मोहमद रिजवान आलम आफ्नो कार्यकाल पुरा गरी एस.बी.आई. भारत फिर्ता गएका छन् ।  नेपाल एसबिआई बैंक तथा भारतीय स्टेट बैंक (एस.बी. आई) बीचको प्राविधिक सेवा सम्झौता (Techincal Services Agreement) बमोजिम नेपाल एसबिआई बैंकमा भारतीय स्टेट बैंकबाट जनशक्ति आउने गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved