उदयपुर सिमेण्टको महाप्रबन्धकका लागि ७ जनाको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 01:35:03 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुर सिमेण्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदका लागि ७ जनाले आवेदन दिएका छन् ।  कम्पनीले भदौ २३ गते खुलाएको आवेदनका आधारमा ८ जनाले आवेदन दिएका हुन् ।

आवेदन स्वीकृत भएकाहरुमा काभ्रेका सागर श्रेष्ठ, बझाङका गोरखराज जोशी, मोरङका विन्द्र रेग्मी , काठमाडौँक संजय कुमार लाल, उदयपुरका दिल बहादुर भुजेल, रामेछापका नविन राज दाहाल, र  भक्तपुरका सुरेश कुमार कार्की रहेका छन् ।

यस्तै, आवेदन दिएका शालिग्राम कुमार श्रेष्ठको आवेदन भने अस्वीकृत भएको कम्पनीले जनाएको छ । उनको आवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ३ को उपदफा २ (ख) बमोजिम भएको नपाइएकोले अस्वीकृत भएको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved