ग्लोबल आइएमई बैंकको डेपुटी सीइओमा पोखरेल नियुक्त, यस्तो छ उनको करियर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 11:21:37 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन्।  बैंकको हालै सम्पन्न संचालक समितिको बैठकले पोखरेललाई  डेपुटी सीइओ नियुक्त गरेको हो 

यस अघि उनी बैंकको प्रमुख प्रवर्द्धक आइएमई समूहमा  प्रमुख कार्यकारी अधिकृत थिए । उनी आइएमई समूहको उपाध्यक्षसमेत रहेका थिए । 

एभरेष्ट बैंकबाट करिअर सुरु गरेका पोखरेलले ग्लोबल बैंकमा तीन वर्ष काम गरेपछि सञ्चालक समिति सदस्यमा चयन भएका थिए । उनले व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्। पोखरेलसंग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ । उनले हालसम्म वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरेको बैंकले उल्लेख गरेको  छ। 

यस्तो छ उनको करियर 

सन् २००३ देखि सन् २००७ सम्म एभरेष्ट बैंकको रेमिटेन्स प्रमोशन हेड 

सन् २००७ देखि सन् २०१० देखि ग्लोबल आईएमई बैंकको सिनियर रिलेसनसिप म्यानेजर 

अप्रिल २०१४ देखि अप्रिल २०१५ सम्म डिस मिडिया नेटवर्कको म्यानेजिङ डाइरेक्टर 

जुलाई २०१२ दखि डिसेम्बर २०२० सम्म ग्लोबल आईएमई बैंकको संचालक समिति सदस्य 

जुलाई २०१० देखि जुलाई २०१२ सम्म आईएमई लिमिटेडको जनरल म्यानेजर 

जुलाई २०१२ देखि मार्च २०२२ सम्म आईएमई लिमिटेडको सीइओ

डिसेम्बर २०२१ देखि अप्रिल २०२३ सम्म निफ्राको संचालक समिति सदस्य 

सन् २०१५ देखि हालसम्म डिस मिडिया नेटवर्कको संचालक 

अगस्ट २०२१ देखि हालसम्म स्मार्ट च्वाइस टेक्नोलोजीको अध्यक्ष 

अप्रिल २०२२ देखि हालसम्म आइएमई लिमिटेडको बरिष्ठ उपाध्यक्ष


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved