नागरिक लगानी कोषको कार्यकारी निर्देशको लागि दरखास्त आह्वान, के चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2023 | 09:26:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान भएको छ । कोषको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले आज सूचनाजारी गर्दै योग्य तथा इच्छुक उम्मेदवारलाई २१ दिनभित्र दरखास्त आह्वान गर्न भनेको हो 

आवेदन दिनको लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र नागरिक लगानी कोषको कार्यकारी निर्देशकको छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्ने छ। त्यस्तै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्य नरहेको हुनु पर्ने छ

दरखास्त पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेश गर्नु पर्नेछ ।  

प्राप्त आवेदन मध्ये बढीमा ५ जनाको नाम सर्टलिस्ट गरिने र सर्टलिस्टमा छनौट भएका उम्मेदवारले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण समेत गर्नु पर्ने छनौट समितिले जनाएको छ। दोस्रो चरणमा अन्तिम ३ जनाको नाम अर्थ मन्त्रालय समक्ष सिफारिस गरिने छनौट समितिले प्रष्ट पारेको छ । 

हेर्नुस् सूचना 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved