सुशील पोखरेल इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्षमा निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2023 | 09:13:39 AM मा प्रकाशित

laxmi  sunrise bank

 युवा जलविद्युत् उद्यमी सुशील पोखरेल  इन्टरनेशनल हाइड्रोपावर एसोसिएसन (आईएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन्। कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजना भएको ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को क्रममा पोखरेल उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो। उनी अगस्ट मै सो पदमा निर्वाचित भएका हुन् ।

उनले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्ने छन्। आइएचएको वर्ष २०२३–२५ को अध्यक्षको नेतृत्व अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुलले गर्ने छन्।

पोखरेल बिजबेलका संस्थापक हुन् । पोखरेलले लामो समयदेखि हरित ऊर्जा र दिगो जलविद्युत् विकासको नीतिगत तहमा बहस तथा पैरवी गर्दै आएका छन्। कम्पनीले भनेको छ ‘विश्व जलविद्युत् मञ्चमा भएको यो उपस्थितिले दिगो स्वच्छ तथा नवीकरणीय ऊर्जा विकासमा कटिबद्ध भएर लाग्ने उनको अभियानलाई त प्रोत्साहन मिलेको छ नै यससँगै नेपालको गरिमालाई समेत उचाइमा पुर्याएको छ’ ।

उपाध्यक्षमा नियुक्त भएसँगै पोखरेलले नेपालको जलविद्युत् क्षेत्रलाई विश्वको लगानीयुक्त गन्तव्य बनाउने अभियानलाई आफूले अझ प्रबलरूपमा अगाडि बढाउने बताए।  दिगो जलविद्युत विकासमा अविराम खटिइरहेका पोखरेलले सन् २०३५ सम्म १००० मेगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने अभियानमा छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved