एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2023 | 02:01:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । बैंकको कार्तिक २३ गते  सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको हो ।

उनले आज कार्तिक २४ गते नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहेका भएका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन्। 

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गर्नु भएको छ । साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved