माछापुच्छ्रे बैंकबाट बाहिरिए डा. उपेन्द्र महतो, रोशन केसी अध्यक्ष चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 09:41:46 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकबाट अध्यक्षड डा. उपेन्द्र महतो बाहिरिएका छन् ।  बैंकमा संस्थापक शेयरधनीका तर्फबाट संचालक तथा अध्यक्ष रहेका डा. उपेन्द्र महतोले मङ्सिर ७ गते अध्यक्ष तथा संचालक पदबाट राजिनामा दिएका हुन् ।

बैंकको मङ्सिर ७ मै बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गर्दै उनी बैंकमा संलग्न नरहेको जानकारी दिएको हो।

सो बैठकले हाल संचालक रहेका रोशन केसीलाई बैंकको अध्यक्ष चयन गरेको छ । केसी यस अघि पनि बैंकको अध्यक्ष भएका थिए। उनी अप्रिल २०१७ देखि जनवरी २०१९ सम्म बैंकको अध्यक्ष थिए । पोखरा स्थायी ठेगाना रहेका उनी आधा दर्जन जलविद्युत कम्पनीमा पनि संलग्न छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved