माछापुछ्रे बैंकका उपेन्द्रको राजिनामाले नबिलका उपेन्द्रलाई 'टाउको दुखाई'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 03:38:19 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंकको आज बसेको संचालक समितिको बैठकले बैंकका संचालक रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ। डा उपेन्द्र महतोले अध्यक्ष पदबाट दिएको राजिनामा स्वीकृत भएपछि केसीलाई अध्यक्षमा नियुक्त गरिएको हो। 

तर माछापुछ्रे बैकबाट स्वीकृत भएको उपेन्द्र महतोको राजिनामा नबिल बैकका अध्यक्ष उपेन्द्र पौड्यालको 'टाउको दुखाई' बन्न पुगेको छ। डा महतोले अध्यक्ष पदबाट दिएको राजिनामा स्वीकृत भएको खबर बाहिर आएपछि नबिल बैकका पौड्याललाई राजिनामाबारे सोधिनु उनको टाउको दुखाई बन्न पुगेको हो। 

आफुलाई बिहानैदेखि केहि व्यक्तिहरुले राजिनामाबारे सोधेको पौड्यालले बताए। उनले भने, "आज मलाई केहि व्यक्तिले राजिनामाबारे सोध्नु भएको थियो, यसो बुझ्दा माछापुछ्रे बैंकका डा उपेन्द्र महतोको राजिनामा स्वीकृत भएको रहेछ, त्यो उपेन्द्र मैलाई बनाए जस्तो छ।" आफुले नबिल बैकको अध्यक्षबाट राजिनामा नदिएको पौड्यालले स्पष्ट पारे। 

त्यसो त केहि पत्रकार तथा शुभेच्छुकहरुले नबिल बैंकको उपेन्द्र पौड्यालको राजिनामाबारे आफुलाई पनि सोधेको नेप्सेका एक कर्मचारीले बताए। 'आज बिहानैदेखि आधा दर्जनजति फोन उहाँ (नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल) को राजिनामाबारे जिज्ञासा राखेर आएको छ' नेप्सेका ती कर्मचारीले भने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved