अनलराज भट्टराई राष्ट्रिय वाणिज्य बैंकको संचालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 09:00:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ विज्ञ अनलराज भट्टराई राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्य चयन भएका छन् । नेपाल सरकारलै आफुलाई विश्वास गरेर राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्य चयन गरेको भट्टराईले जानकरी दिएका हुन् ।

संचालक नियुक्त भएसंगै भट्टराईले वित्तीय क्षेत्रको स्थायित्वको लागि आफुले काम गर्ने बताएका छन् । उनले व्यवसायको मनोबल बढाउने, आन्तरिक तथा बाह्य क्षेत्रबाट लगानी बढाउन भूमिका खेल्ने बताएका छन् । साथै उनले नेपाल सरकारको लक्ष्य प्राप्तिमा सघाउन प्रतिवद्दता जनाएका छन् ।

भट्टराईसँग लामो समयको बैंकिंग अनुभव छ । उनी सानिमा बैंकको सीइओ भईसकेका छन् । उनी कमर्श एण्ड ट्रस्ट बैंकको सीइओ पनि थिए , जुन बैंक पछि ग्लोबल आईएमई बैंकसँग मर्ज भएको थियो । उनी नेपाल सरकारको वित्तीय क्षेत्र स्थायित्व कार्यक्रमको सल्लाहकार पनि थिए । हाल उनी एनआरअरन नेपाल डेभलपमेन्ट फण्डको सीईओ छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved