नेपाल बैंकको संचालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । अर्थ मन्त्री डा. प्रक्ष शरण महतले मन्त्रीस्तरीय निर्णय गर्दै सोमबार उनलाई नेपाल बैंकको संचालक नियुक्त गरेका हुन् ।
घिमिरेले आज मंगलबार संचालकको सपथ लिएकी छिन् । उनी नेविसंघको निवर्तमान सह महामन्त्री हुन्।