सपोर्ट लघुवित्तको सीइओमा महेश कुमार चौधरी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2023 | 11:05:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा महेश कुमार चौधरी नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले चौधरीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

सञ्चालक समितिले २०८० मंसिर १५ गते देखि लागू हुनेगरी उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनीसँग अन्तराष्ट्रीय गैर सरकारी संस्थाहरुमा ३ बर्ष, अध्यापन क्षेत्रमा ५ बर्ष, संयुक्त राष्ट्र संघको नेपाल स्थित एजेन्सी विश्व स्वास्थ्य संगठनमा फिल्ड लेखा तथा प्रशासनमा ७ बर्ष र  लघुवित्त क्षेत्रमा व्यवस्थापकिय श्रेणीबाट प्रवेश गरी नायव प्रमुख कार्यकारी अधिकत पद सम्म १० बर्ष कार्य गरेको अनुभव रहेको छ ।

फाइनान्समा एम.वी.ए. सम्मको अध्ययन पूरा गरी कार्यकारीणी तहमा रही बैंक वित्तीय क्षेत्रमा व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका चौधरीको नेतृत्व क्षमता र कार्यानुभवले सपोर्ट लघुवित्तको प्रगतिमा नयाँ उचाइ लिने अपेक्षा गरेको संस्थाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved