धितोपत्र बोर्डको अध्यक्षको लागि ५ जना सर्टलिस्ट, १ जनाको नाम हेरफेर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2024 | 09:08:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिएकामध्ये पाँच जनाको नाम अन्तरवार्ताको लागि सर्टलिष्ट गरिएको छ। आवेदन दिएका १९ जना मध्ये पाँच जनाको नाम सिफारिस समितिले अन्तर्वार्ताको लागि सर्टलिष्ट गरेको हो। 

 सर्टलिष्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्दशक डा. नवराज अधिकारी, बोर्ड कै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालिन बीमा समितिका अध्यक्ष चिरिन्जीवी चापागाई र सन्तोष नारायण श्रेष्ठ  रहेका छन्। 

अर्थसचिव कृष्णहरि पुष्कर अमेरिका जानु नै अघि नै बोर्डको अध्यक्षमा क-कसलाई सरलिस्ट गर्ने भनेर तय गरिसकिएको स्रोतको दाबी छ । त्यससमय तय गरिएका नाममा एक जनाको नाम हेरफेर गरेर आवेदन सर्टलिस्ट गरिएको स्रोतको भनाई छ ।  स्रोतका अनुसार यस अघि सर्टलिस्टमा पार्ने भनेर तय गरिएका डा. बिमल कुमार तिवारीको स्थानमा सन्तोष नारायण श्रेष्ठको नाम राखिएको हो , बाँकि नाम भने सबै यस अघि नै तय भएका नाम हुन् । 

 बोर्डको अध्यक्षका लागि  चिरञ्जीवी चापागाईं,  डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, कृष्ण पोखरेल, कृष्ण बहादुर अधिकारी, कृष्ण बहादुर कार्की, प्रबिण पन्दाक,  सन्तोष नारायण श्रेष्ठ, डा. गोपाल प्रसाद भट्ट, निरज गिरि, डा. रघुराज काफ्ले, डा. केशव प्रसाद श्रेष्ठ, सुर्य प्रसाद अधिकारी  रामदेव यादव, सीताराम थपलिया, डा. बिमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, र मुक्ति अर्यालले आवेदन दिएका थिए। 

आवेदन दिनेहरु मध्येबाट सिफारिस समितिले  अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि ५ जनाको नाम छनोट गरेको हो। यी ५ मध्येबाट सिफारिस समितिले ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिसमा परेका ३ जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

बोर्डमा अध्यक्ष नियुक्तिको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौला सदस्य रहेको सिफारिस समिति बनाइएको छ । समितिले फागुन १६ गते आवेदन आह्वान गरेको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved