भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल बर्षातको कारण रोकिएको छ । टस जितेर ब्याटिंङ गरेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाउँदा बर्षातका कारण खेल रोकिएको हो ।
अहिले रस टेलर ६७ रनमा नट आउट छन् । कप्तान केन विलियम्सन ६७ रन बनाएर आउट भएका थिए । भारतले प्रयोग गरेका ५ जना बलरले नै समान १-१ विकेट लिएका हुन् ।
पानी परेपछि अब खेल के हुन्छ भन्ने सबैको चाँसो छ। पानी परेपछि खेल रोकिएको छ । २ घण्टासम्म खेल रोकिए त्यसले कुनै असर पर्ने छैन । पानी रोकिएपछि खेल जहाँ रोकिएको थियो त्यहिबाट सुरु हुन्छ । तर २ घण्टामा पनि पानी नरोकिए ओभर घट्न थाल्छ । कति ओभर घट्छ भन्ने निर्क्यौल खेल कति बेला पुन सुचारु हुन्छ भन्नेमा भर पर्छ ।
यदि खेल सुरु हुन् ढिला भएमा र न्युजिल्यान्डले पुन: ब्याटिंङ नगरेमा भारतले २० ओभरमा १४८ रन बनाउनु पर्ने हुन्छ । यदि समय रहेर ४६ ओभर कै खेल सम्भव भए भारतले जितको लागि २३७ रन बनाउनु पर्छ।
तर आज खेल नै हुन नसकेमा बुधबार रिजर्भ डे तोकिएको छ । खेल जहाँ रोकिएको हो बुधबार त्यहि बाट खेल सुरु हुन्छ । यदि बुधबार पनि खेल हुन् नसकेमा लिग चरणमा समुह तालिकामा न्युजिल्यान्ड भन्दा भारत माथि रहेकोले भारत स्वत फाइनल प्रवेश गर्ने छ ।