ओलीले खोले भुटानी शरणार्थी प्रकरणको 'पोल, मुख्य अपराधी समात्न जेठ १९ मा फर्किन सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2023 | 02:46:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे ‘पोल’ खोलेका छन्। संघीय संसदको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले भुटानी शरणार्थीबारेको फेहरिस्त सुनाउँदै अहिले सतहमा देखिएको घटनाबारे स्पष्ट पारेका हुन् ।

आफु प्रधानमन्त्री हुँदा ुसेटलु हुन बाँकी रहेका नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई ‘सेटल’ गर्नलाई तयार पारिएको सुचीमा आफु प्रधानमन्त्रीबाट हटे लगत्तै नाम परिवर्तन गरेर अर्को सूची बनाएर नक्कली भुटानी शरणार्थी प्रकरणलाई जन्म दिइएको ओलीको दाबी छ।

‘म प्रधानमन्त्री हुँदाको समयमा ुसेटलु हुन बाँकी रहेका नेपालमा रहेका भुटानी शरणार्थीको सुची तयार गरिएको थियो, तर म प्रधानमन्त्रीको कुर्सीबाट बाहिरिए लगत्तै उक्त सुचीको कभर पेज यथावत राखेर त्यसभित्रको नाम फेरियो’ एमाले अध्यक्ष ओलीले भने, ‘त्यो जेठ १९ या जेठ ३० मा सेटल हुन बाँकी रहेका वास्तविक भुटानी शरणार्थीको नाम फेरेर नक्कली भुटानी बनेर अमेरिका जान चाहनेको नाम राखिएको हो।’ 

ओलीले त्यसरी नाम फेर्ने व्यक्ति नै नक्कली भुटानी शरणार्थीको नाइके भएकाले त्यहि व्यक्तिलाई नै अहिलेको सरकारले समात्नुपर्ने बताए। ‘वास्तविक अपराधी भनेकै फाइलमा नाम फेर्ने हुन्, जो जो मिलेर त्यस फाइलमा नाम फेरियो, ति सबैलाई समात्नुपर्छ’ ओलीले थपे । 

राजनीतिक रिस साध्ने नियतले अहिले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा वास्तविक दोषीको साट्टो निर्दोषलाई समातिएको आशय व्यक्त गर्दै वास्तविक दोषीलाई समात्न र निर्दोषलाई कारवाही नगर्न ओलीले आग्रह गरे। गत वर्ष जेठ महिनामै नक्कली भुटानी शरणार्थीलाई लिएर गृहमन्त्रालयमा परेको उजुरीका आधारमा समातिएका केहि व्यक्तिलाई छाड्न लगाइएकाले अहिलेको सरकार नै यसको दोषी भएको उनले बताए। 

ओलीले संसदबाटै प्रश्न गरे, ‘गएको वर्षको जेठमै उजुरी परेको रहेछ, त्यो उजुरी किन गुपचुप राखिएको हो। उजुरी परेपछि केहि व्यक्तिलाई समातियो तर कुनै कारबाही नगरी गुपचुप नै राखेर ति व्यक्तिलाई रिहा गरिएको छ। यो सबै घटना कसको आदेशमा, कसको निर्देशनमा किन गुपचुप गरियो ?’ 

अहिलेको सरकारले चाहेर पनि भुटानी शरणार्थीलाई लिएर परेको उजुरी लुकाउन नसकेपछि यो सबै घटना बाहिरिएको ओलीको दाबी छ। यो घटना अहिलेको सरकारले लुकाउनै नसक्ने भएपछि बाहिरीएकाले बहालवाला गृहमन्त्री (नारायणकाजि श्रेष्ठ) वा अरु कसैले आफैले यो घटनामा छानबिन गरेझैं ‘नाटक’ नगर्नसमेत ओलीले सुझाव दिए। 

‘नक्कली भुटानी शरणार्थी प्रकरण भुइचालो जस्तै हो, भुईचालो आफैं आउँछ, कसैले ल्याउनुपर्दैन, त्यसैले अहिलेको सरकारले भुईचालो आफुले ल्याएको जस्तै गरि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान आफैले बढाएको झैं गरि प्रस्तुत हुनु पर्दैन’ ओलीले भने। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले नै सामान्य तरिकाले नसेलाउने समेत ओलीले संकेत गरे। यो प्रकरण एकाध व्यक्तिसँग जोडिएको नभई ९७५ जना व्यक्ति जोडिएकाले यो घटना थप भयावह हुने उनको दाबी छ । 

नेपालमा भुटानी शरणार्थीको ‘इस्यु’ आफू गृहमन्त्री हुँदा (२०५१ साल) देखिकै भएको र पटक पटकको प्रयाससहित आफू प्रधानमन्त्री हुँदासम्म गरेर १ लाख १३ हजार ३०७ जना भुटानीलाई अमेरिका लगायत विश्वका विभिन्न देशहरुमा सेटल गरिएको र सेटल हुन बाँकी ६ हजार ७५५ जना रहेको उनले बताए। 

सेटल हुन बाँकी रहेकामध्ये पनि ४२९ जनाको त्यहीबेला कार्ड बनिसकेको र बाँकी छुटेकालाई पनि पठाउन आफ्नै कार्यकालमा समिति बनेको र उक्त समितिबाट कुनै पनि गलत प्रस्ताव नभएको ओलीले बताए।

तर आफस् सत्ताबाट बाहिरीएपछि उक्त समितिले तयार पारेका भुटानी शरणार्थीको नाम फेरबदल गरेर पैसा लिएर भुटानी शरणार्थी बनाइएकाहरुको नाम राखिएकाले त्यो नाम फेर्ने ब्यक्ति नै मुख्य नाइके भएकाले उसैलाई समात्न समेत ओलीले आग्रह गरे । 

‘फाइलमा उल्लेख वास्तविक भुटानी शरणार्थीको नाम बदलिएर पैसा दिएका नक्कली भुटानीको नाम राख्नेलाई समात्नुहोस्, अपराधीको नाइके समातिन्छ’  ओलीले भने, ‘मेरै पालामा नेपालमा रहेका भुटानी शरणार्थीको व्यवस्थापन गरिएको थियो। नेपालमा रहेका झन्डै डेढ लाख भन्दा बढी भुटानी शरणार्थीलाई म प्रधानमन्त्री हुँदा नै अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशमा सेटल गरिएको थियो । केही हजार भुटानी शरणार्थी सेटल हुन बाँकी थिए र तीनीहरुलाई नेपाल र अन्य देशमा सेटल गर्ने प्रयास प्रकृयामै थियो तर त्यहि बेला सत्ता छाड्नुपर्यो ।’ 

उनले अगाडी भने, ‘त्यहीँ सेटल हुन बाँकी रहेका भुटानी शरणार्थीको विवरण भएको फाइलमा नाम हेरफेर गरियो र अहिलेको प्रकरणको जन्म दिईयो ।’

एमाले अध्यक्ष ओलीले आफु गृहमन्त्री हुँदा विश्व समाजसँग विभिन्न चरणमा छलफल तथा वार्ता गरेर पछि आफु प्रधानमन्त्री भएपछि नेपालमा रहेका डेढ लाख भुटानी शरणार्थीलाई विश्वका विभिन्न देशमा सेटल गर्दा आफुलाई धन्यवाद दिनुको साट्टो अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफुलाई जोडिएको भन्दै असन्तुष्टि पनि जनाए । 

उनले भने, ‘मैले नै नेपालका रहेका वास्तविक भुटानी शरणार्थीलाई विश्वका विभिन्न देशमा सेटल गर्ने काम गरेँ, अहिले कुनै गिरोहले रचाएको नक्कली भुटानी शरणार्थी प्रकरणमा मलाई नै दोषी देखाइएको छ, यिनीहरुको बुद्दिमा बिर्को लागेको छ ।’


प्रहरीले टुंग्यायो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान, ४ जनालाई देशद्रोहको मुद्दा चलाउन सिफारिस


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved