महालक्ष्मी बैंकले कर्जा प्रवाहमा समस्या नभएको बताएको छ। नेपाली बैंकिङ्ग बजारमा कर्जा प्रवाहमा समस्या भएको भनिरहँदा महालक्ष्मीमा भने त्यस्तो समस्या नभएको बैंकले जनाएको हो।
‘बैंकमा कर्जा प्रवाहका लागि पैसा नै छैन भन्ने सुनिन्छ। यहिकारणले व्यावसायी तथा ग्राहकहरु कर्जा माग्न बैंक आउन सङकुचन मानेको भए महालक्ष्मीमा ढुक्कले आउनु सक्नुहुन्छ।’ बैंकका सिईओ बोधराज देवकोटाले भने, ‘घर कर्जा र व्यावसायी कर्जालाई हामी प्राथमिकतामा राखेका छौँ। कर्जा उपलब्ध गराउन सक्ने अवस्था पनि छ।’
सिईओ देवकोटाले बैंकले पहिलै देखि राष्ट्र बैंकको नियम अनुसार निक्षेप–कर्जा अनुपात(सिडी रेसियो)लाई ख्याल गर्दै कर्जा प्रवाह गरेको बताए। ‘हामीले पहिले देखि नै सिडी रेसियोलाई राष्ट्र बैंकको नियमअनुसार कायम गर्दै आएका थियौँ। अहिले अन्य धेरै बैंकलाई त्यहि समस्या हो। हाम्रो सिडि रेसियो पुगेको छ।’ उनले भने, ‘हामी कर्जा दिन सक्छौँ, आकर्षक व्याजदरमा कर्जा प्रवाह गरिरहेका छौँ’।
चालु आर्थिक वर्षदेखि राष्ट्र बैंकले सबै बैंकहरुलाई सिडि रेसियो ९० प्रतिशत पुर्याउन निर्देशन दिएको थियो। जुन रेसियो कायम गर्न कतिपय बैंकहरुलाई हम्मेहम्मे परेको छ। जसकारण पनि कतिपय बैंकलाई कर्जा प्रवाहमा कठिनाई भएको छ।