
कामना सेवा विकास बैंकको घोटाला प्रकरणमा मुछिएका ४ जनालाई हाजिरी जमानीमा छाडिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय झापाले बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत सहित हिरासतमा रहेका ४ जनालाई नै आवश्यक पर्दा हाजिर हुने गरि हाजिरी जमानीमा छाडेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक दुर्गा रेग्मीले ४ जनालाई नै हाजिरी जमानीमा छाडिएको बिजपाटीलाई जानकारी दिए ।
प्रहरी हिरासतमा तत्कालिन सीइओ बस्नेत, बैंकका क्लस्टर म्यानेजर विरेन्द्र सिंह भण्डारी र ऋणीहरु चन्द्र थापा तथा हरिन्द्र दाहाल थिए।