ज्योति विकास बैंकका वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2023 | 04:07:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ भन्ने विषयवस्तुमा केन्द्रित भई देशका बिभिन्न ठाउमा युवावर्गमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।   

बैङ्कले स्कुल तथा कलेजहरू, विभिन्न संघ (संस्थाहरु लगायत स्थानीय समुदायला आधुनिक बैंकिङ्ग, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी, उद्यमशीलता विकास लगायतका विषयहरूलाई समावेश गरी वित्तीय साक्षरता कार्यक्रम गरेको हो। 

यसका साथै सामाजिक संजाल र वेबसाइट मार्फत पनि बचत प्रोत्साहन गर्न, अज्ञात स्रोतहरुबाट आएका कुनै पनि लिंकहरु नखोल्न, OTP, Password, PIN, CVV  जस्ता संवेदनशील विवरणहरु कसैसँग पनि शेयर नगर्न र डिजिटल ठगीबाट सचेत हुन विभिन्न सूचनाहरु पनि प्रवाह गरेको छ। 

ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved