गरिमा विकास बैंक क्यालेण्डर र नयाँ वेवसाईट सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2023 | 02:23:07 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले नयाँ वर्ष २०८० सालको क्यालेण्डर र आफ्नो नयाँ वेबसाइट सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल  र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा क्यालेण्डरको विमोचन गरेका छन्।

बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको जनाएको छ । सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले स्तरोन्नती  गरि ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गरेका छन् । 

गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved