लुम्बिनी विकास बैंकको वाणी शाखामा एटिएम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 12:12:20 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले  कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नं. ०२ स्थित आफ्नो वाणी शाखाबाट एटिएम सेवा शुरु गरेको छ । कृष्णपुर नगरपालिका कामेयर हेम राज ओझाले एटिएम उद्घाटन गरेका हुन् । 

एटिएम संचालनसँगै स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन सकिने बैंकले जनाएको छ । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।  वाणी शाखाको एटिएमसँगै बैंकको एटिएम संख्या १९ पुगेको छ । 

ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved