महालक्ष्मी विकास बैंकका ग्राहकलाई ४ वटा संस्थामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2023 | 04:31:06 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले ग्राहकलाई छुट प्रदान गर्न रेष्टुरेन्ट तथा श्रृगारका क्षेत्रका संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठ काठमाडौंमा अवस्थित मेराकी होलिस्टिक वेलनेस रिट्रीटका सेवाहरुमा अधिकतम १५%, जावलाखेल  ललितपुरमा अवस्थित बर्गर श्याकका सेवाहरुमा अधिकतम १०%, बुटवल उपमहानगरपालिका अमरपथमा अवस्थित समृद्धि हेयर ड्रेसीङ सलुन एण्ड एकेडेमीका सेवाहरुमा अधिकतम २०% र भाटभटेनी टंगाल काठमाडौंमा अवस्थित छोटु युनिसेक्स सलुन प्रालिका सेवाहरुमा २०% को छुट प्राप्त गर्न सक्नेछन् ।


यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved