महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य संस्था, होटल तथा रेष्टुरेन्टमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 08:45:43 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न स्वास्थ्य संस्था, होटल तथा रेष्टुरेन्टमा छुट पाउने भएका छन्। बैंकले सम्झौता गरि आफ्ना ग्राहकलाई छुट दिने व्यवस्था मिलाएको जनाएको छ ।

बैंकका अनुसार बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित अरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा ५% देखि अधिकतम ४५% (कपाल प्रत्यारोपण र कपाल झर्ने रोगको उपचारमा) सम्म छुट पाउने छन् । त्यस्तै इटहरी, सुनसरीमा अवस्थित होटेल पाथिभरा इन्टरनेशनलका सेवाहरुमा १०%, मैतिदेवी काठमाडौंमा अवस्थित बुइंगल लाउन्ज एण्ड बारका सेवाहरुमा १५%, लाजिम्पाट, काठमाडौंमा अवस्थित एल्लो हात्तिका सेवाहरुमा अधिकतम १०%, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउस एनस क्रंची फ्राईड किचेनका सेवाहरुमा अधिकतम १०% र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर गाउसका सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएकोबैंकले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved