लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 09:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ ।  शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डस मा लेखाउन सफल भएकोमा उनलाई सम्मान गरेको हो  । 

  बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले शेर्पालाई सम्मान गरेका हुन्। बैंकका अनुसार  शेर्पा बिगत दुई दशक देखि बैंकमा “निरन्तर सहयात्री” बनी आवद्द छन्। शेर्पाले यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफुले २८ औं पटक आरोहण गरेको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved