सप्तकोशीका पूर्व सीइओ विरुद्द सम्पति शुद्धीकरणको मुद्दा, छोराछोरीको सम्पति पनि जफत गर्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2023 | 07:03:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्पति शुद्दीकरण अनुसन्धान विभागले सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी विरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ । सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले उनी विरुद्द एक करोड अठार लाख सतहत्तर हजार सात सय रुपैया पैसठ्ठी पैसा बिगो मागदाबी गर्दै आज मुद्दा गरिएको विभागका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए ।

विभागले उनको छोराछोरीको नाममा रहेको सम्पति समेत जफत गर्न माग गरेको छ । सुवेदीले सम्पत्ति लुकाउन प्रयोग गरेका हरिकुमारी सुवेदी एवं वविता पोखरेल सुवेदी समेतलाई शुद्धीकरण गरिएको सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार नविन सुवेदी समेतका प्रतिवादीहरुले २०७२ साल चैत्र देखि २०७८ साल मंसिरसम्म सप्तकोशी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालयमा रहेको बैंकको रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको रेमिटयान्स पार्किङ एकाउन्टमा रेमिट्यान्स नै नआएको र आवश्यक कागजात समेत नराखी फर्जि कारोवार गरी बैंकलाई १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हानी नोक्सानी पुर्याएको बैंकिङ कसूर मुद्दामा प्रतिवादीहरुको खातामा अस्वभाविक रकम ट्रान्जेक्सन भएको देखिदा सो तर्फ सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान तथा कारवाहीको लागि उजुरी परेको थियो ।

यस बारे अनुसन्धान गर्दा  बैंकका तत्कालीन कार्यकारी अधिकृतले सो बैंकको रकम अपचलन गरी बैंकिङ कसुर गरी आर्जन गरेको  एक करोड अठार लाख सतहत्तर हजार सात सय रुपैया पैसट्ठी पैसा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क) (ख) (ग) ले निषेधित कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसूर गरेको तथ्य स्थापित हुन आएको विभागका सूचना अधिकारी पोखरेलले बताए ।

 नविन सुवेदीलाई विगो एक करोड अठार लाख सतहत्तर हजार सात सय रुपैया पैसठ्ठी पैसा कायम गरी सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम सजाय, कसूरवाट प्राप्त एंव बढे बढाएको प्रतिवादी संरक्षक देखिएको नाबालक छोराछोरीको नाममा रहेको तथा प्रतिवादीको नाममा रहेको सम्पत्ति तथा साधन सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३४को उपदफा (१) तथा दफा २८ को उपदफा (२) बमोजिम जफत गरी पाउन मागदावी लिईएको विभागले जनाएको छ  ।

विभागका अनुसार निज प्रतिवादी नविन सुवेदी सुचक संस्थाको रुपमा रहेको सप्तकोशी डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको हैसियतले सम्बद्ध कसूर गरी सोही माध्यमबाटै सम्पत्ति शुद्धीकरणको कसूर गरेको हुँदा उल्लेखित सजायमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (७) बमोजिमको थप सजाय हुन मागदावी लिईएको छ । 

 निजले सम्पत्ति लुकाउन प्रयोग गरेका हरिकुमारी सुवेदी एवं वविता पोखरेल सुवेदी समेतलाई शुद्धीकरण गरिएको सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी आज विशेष अदालतमा अभियोग पत्र दायर गरिएको विभागले जनाएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved