कामना सेवा विकास बैंकद्वारा भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 07:40:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले  भक्तपुर नगरपालिका वडा नं १७, दुधपाटी स्थित भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित  भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । 

बैंकका अनुसार उक्त कार्यक्रममा ६० भन्दा बढि सहभागी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved