बैंकर्स संघले ब्याजदर खुला राख्दा के गर्छन् विकास बैंक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 12:46:53 PM मा प्रकाशित

laxmi  sunrise bank

विकास बैंकहरुको संस्था डेभलपमेन्ट बैंकर्स एसोसियनले ब्याजदरबारे निर्णय गर्न शुक्रबार बैठक डाकेको छ । नेपाल बैंकर्स संघले ब्याजदर तोक्ने अधिकार बैंकहरुलाई नै दिएसंगै विकास बैंक र फाइनान्सहरुले के गर्छन् भन्ने चासो बढेको छ।

मुक्तिनाथ विकास बैंकका अध्यक्ष तथा डेभलपमेन्ट बैंकर्स एसोसियनका इमिडियट पास्ट प्रेसिडेन्ट प्रद्युमन पोखरेलले शुक्रबार बस्ने बैठकले ब्याजदर बारे निर्णय गर्ने बताएका हुन् । उनले वित्तीय बजारमा स्थायित्व हुने गरि ब्याज निर्धारण गरिने बताए । उनले ब्याजदर खुला छोड्ने वा संघले नै तोक्ने भन्ने बारे शुक्रबारको बैठकले निर्णय गर्ने बताए ।

बैंकर्स संघ हस्तक्षेप अन्त्य

आज बसेको बैंकर्स संघको बैठकले यस अघि हुँदै आएको भद्र सहमति अन्त्य गर्दै बैंकहरु आफैले ब्याज निर्धारण गर्ने सक्ने गरि निर्णय गरेको छ। यस अघि बैंकर्स संघले ब्याज निर्धारण गर्ने गरेकोमा अब भने बैंकहरुले राष्ट्र बैंकले दिएको सीमा भित्र रहेर आफै  आवश्यकताका आधारमा ब्याज निर्धारण गर्ने छन् । यसो हुँदा बैंकहरुको ब्याज फरक फरक हुन सक्ने छ। यो व्यवस्था साउन १ देखि लागु हुने छ । राष्ट्र बैंकको निर्देशन अनुसार  व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदरको औसतको १० प्रतिशत सीमाभित्र रहेर निक्षेपको ब्याजदर घटाउन वा बढाउन सकिने व्यवस्था छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved