कामना सेवा विकास बैंकले १२.१२ प्रतिशत ब्याज मै ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2023 | 09:42:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले ग्राहकहरुको कर्जाको लागि नयाँ ब्याजदर १२.१२ प्रतिशत सार्वजनिक गरेको छ । बैंकले आवासिय घर निर्माणको लागि आवास कर्जा, साना तथा मझौला व्यवसाय अन्र्तगत सरल व्यापार कर्जा र विद्युतिय सवारी साधन खरिद गर्दा १२.१२ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।

बैंकका अनुसार आवासिय घर निर्माणको लागि कर्जा लिदा अधिकतम ३० वर्षको लागि डेढ करोड सिमा भित्र रहने गरि धितो मुल्याङ्कीत रकमको ६० प्रतिशत सम्म कर्जा लिन पाइने व्यवस्था राखिएको छ भने सरल व्यापार कर्जामा धितो मुल्याङ्कीत रकमको ८० प्रतिशत सम्म मासिक व्याजमात्र तिर्ने वा मासिक किस्तावन्दीमा भुक्तानी गर्ने गरि कर्जा उपलव्ध हुने वैंकले जनाएको छ । त्यस्तै गरि विद्युतिय सवारी साधन खरिदमा खरिद मुल्यको ८० प्रतिशत सम्म कर्जा उपलव्ध हुने वैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बताए। नायव प्रमुख कार्यकारी अधिकृत दाहालका अनुसार बैंकले प्रवाह गर्ने यस्ता कर्जाहरु सम्पुर्ण कागजात पेश गरेको ३ दिन भित्रै स्वीकृत गरिसक्ने छ । 

कम ब्याजदरमा यो कर्जा सुविधा उपलब्ध गराई आफ्नो ग्राहकहरुलाई सशक्त बनाउने लक्ष्य रहेको बैंकले उल्लेख गरेको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै गएको र सोही अनुरूप आफ्ना ग्राहकको माग पूरा गर्न समेत आफ्ना देशव्यापी शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved