कामना सेवा विकास बैंक र ब्रोकर नम्बर ६५ बीच सम्झौता, ग्राहकलाई 'फाइभ इन वान' सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2023 | 07:47:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयर प्रो सेक्युरिटिज (ब्रोकर नम्बर ६५ ) सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता (टिएमएस)  र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्ने छन् । 

उक्त सेवा मार्फत् आफ्ना ग्राहकहरुले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको बैंकले जनाएको छ ।

काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३५ वटा सञ्जालहरु, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत  सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved