शेयर लगानीकर्तालाई लक्षित् गर्दै गरिमाले ल्यायो 'फाइभ इन वान' खाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2024 | 07:13:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले ग्राहकहरुका लागि गरिमा  'फाइभ इन वान'  बचत खाता सेवा सार्वजनिक गरेको छ । गरिमा 'फाइभ इन वान' बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयर र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस खाता अन्तर्गत ग्राहकहरुले न्युनतम रु. १०००/- मा खाता खोली पहिलो बर्षाका लागि निःशुल्क सेवा अन्तर्गत मोबाइल बैंकिङ्ग, वेब बैंकिङ्ग, एटिएम , सि आस्वा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीहरुबाट डिम्याट सेयर ट्रेडिङ (TMS) र मेरो शेयर खाता सञ्चालन गर्न पाउनुका साथै लकर सुविधामा ५० % प्रतिशतसम्म छुटको सुविधा पाउने छन्। यस सेवा मार्फत नयाँ तथा पुराना ग्राहकले गरिमा विकास बैंकको कुनै पनि शाखाबाट सहजै खाताहरु खोल्न सक्ने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिङ प्लेटफर्म समेत उपलब्ध गराउने उद्देश्यले यो सेवा प्रारम्भा गरेको उल्लेख गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved