सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा कार्की

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2024 | 08:52:24 AM मा प्रकाशित

laxmi sunrise bank

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडको रिक्त रहेको स्वतन्त्र संचालक पदमा ललितपुर –१४, नखिपोट निवासी श्री भरत बहादुर कार्कीलाई नियुक्त भएका छन् । बैंकको संचालक समितिद्वारा कार्कीलाई आगामी १४औं वार्षिक साधारण सभाद्वारा अनुमोदन गर्ने गरी आगामी ४ बर्षको लागी स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।

 नव नियुक्त संचालक कार्कीले  बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा बैंकको संचालक समिति समक्ष शपथ ग्रहण गरिसकेका छन्।

मिति २०६७ साल भाद्र २४ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट राखी कारोवार संचालन गरेको बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २६ शाखा र १ सिमिति बैकिङ्ग ईकाई गरी कुल २७ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved