
चालु आर्थिक वर्षको ७ महिनामा विकास बैंकहरुले पौने ३ अर्ब खुद नाफा आर्जन गरेका छन् । चालु आवको माघ मसान्तसम्म विकास बैंकहरुको नाफा २ अर्ब ८५ करोड २९ लाख पुगेको छ ।
यो अवधिमा १७ मध्ये १३ वटा विकास बैंकले नाफा आर्जन गर्दा ४ वटाले घाटा व्यहोरेका छन् ।
नाफा कमाउने विकास बैंकको अग्र स्थानमा रहेको छ गरिमा विकास बैंक । गरिमाले यो ७ महिनामा ५५ करोड ८० लाख रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गर्दा मुक्तिनाथ विकास बैंकले ५३ करोड २० लाख खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, साईन रेसुँगाले ४३ करोड ७० लाख, महालक्ष्मी विकास बैंकले ३३ करोड ४० लाख र कामना सेवा विकास बैंकले ३१ करोड २० लाख खुद नाफा आर्जन गरेका हुन् ।
यो अवधिका घाटा व्यहोर्ने विकास बैंकहरुमा एक्सल डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नारायाणी विकास बैंक र सालापा विकास बैंक रहेका छन् । जसमध्ये सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकलाई भएको छ । जसलाई यो ७ महिनामा १८ करोड ६० लाख घाटा लागेको छ ।
हेर्नुस् कुन विकास बैंकको खुद नाफा/घाटा कति ?
७ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा साँढे ३५ अर्ब, कुनको कति ?