सांग्रिला डेभलपमेन्ट बैंकका विभिन्न शाखाद्वारा वित्तीय सचेतना कार्यक्रम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 03:48:44 PM मा प्रकाशित

laxmi sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकका विभिन्न शाखा कार्यालयहरुले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरेको छ । शाखाहरुले देशव्यापी रुपमा Global Money Week - 2024 को अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरु आयोजना गरेको हो।

बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए ।

मिति २०२४ / ०३ / १८ देखि शुरु भएको यस साता व्यापी कार्यक्रम मिति २०२४/०३/२४ सम्म वित्तीय साक्षरता सम्वन्धि कार्यक्रम मार्फत वित्तीय चेतना फैलाउने कार्यक्रम निरन्तर रुपमा संचालनमा रहने छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved