कामना सेवाद्वारा 'फाइनान्सियल फुटस्टेप्स्' भिडियो श्रृङ्खलाको टिजर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2024 | 12:18:24 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज “KSBBL: Financial Footsteps" को टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार १३ वटा श्रृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौतीहरु र माईलस्टोनहरु पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरुको सेटको जिवनलाई पछ्याउँछ । प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको बैंकले जनाएको छ।

भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा-कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले उल्लेख गरेको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतवार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकले जनाएको छ। बैंकले बचत, ऋण तथा बैंकिङ कारोवार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ।

हेर्नुस् टिजर


  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved