दलदलमा अर्थतन्त्र, ७० करोड डलर ऋण लिँदै अर्थमन्त्री

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 11, 2021 | 12:16:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अर्थतन्त्रको अवस्था अहिले दयनीय छ । आर्थिक वर्ष सुरु भएको ५ महिना भइसक्दा पनि विकास खर्च ६.१३ प्रतिशतमा मात्रै सिमित छ । जसका कारण बैंकहरुमा तरलता अभाव छ ।

यद्यपी, अर्थमन्त्री जनार्दन शर्मा भने जुनसुकै हालतमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गरेरै छाड्ने ‘उडन्ते’ दाबी गरिरहेका छन् । शुक्रबार संसदको अर्थ समितिमा अर्थमन्त्री शर्माले अहिलेको अवस्था आउनुमा आफू दोषी नरहेको भन्दै यस अघिका सरकारले गरेका निर्णयका कारण समस्या सिर्जना भएको आरोपमै समय खर्चिए ।

सुरेन्द्र पाण्डेप्रति आक्रोश

त्यो भन्दा पनि बढी समय उनले पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेतर्फ संकेत गर्दै आफूलाई अर्थतन्त्र नबुझेको व्यक्ति भनेर आलोचना गरेको भन्दै आक्रोश पोखे । 

‘को जान्ने, को नजान्ने भनिरहेका महाशयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ,’ अर्थमन्त्री शर्माले भने, ‘मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया सुरू भएको छ ।’ 

‘अहिलेको अर्थतन्त्रको अवस्था हिजोको अर्थनीति र योजनाको परिणाम हो’ उनले भने, ‘हामी आजैसबै कुरा सुधार्न सक्दैनौँ, अहिले गरेको कामको नतिजा पछि देखिन्छ ।’

ऋण खोज्दै अर्थमन्त्री

अर्थमन्त्री शर्माले राजश्व संकलन अनुसार बजेट खर्च नहुँदा ऋण लिनुपर्ने अवस्था आउन सक्ने भने संकेत गरे । उनले ७० करोड डलर ऋण लिने तयारीमा सरकार रहेको भने घुमाउरो पारामा जनाए ।

‘अनिवार्य आवश्यक हुँदा ऋण लिने हो, राजश्व राम्रै उठेको छ, अहिले ऋण आवश्यक छैन’ उनले भने, ‘तर, अन्तराष्ट्रिय मुद्रा कोषबाट ४० करोड र विश्व बैंकबाट ३० करोड अमेरिकी डलर ऋण लिने तयारी भने छ ।’

खुम्चिँदै अर्थतन्त्रका सूचक

चालु आर्थिक वर्ष २०७८÷०७९ को पहिलो चौमासिकमा आईपुग्दा अर्थतन्त्रका सूचक भने खुम्चिएका छन् । रेमिट्यान्स झण्डै ७ प्रतिशतले घटेको छ । विदेशी मुद्रा सञ्चिती पनि १३ खर्ब १९ अर्बमा खुम्चिएको छ ।

वस्तु आयात ६१ प्रतिशतले बढेको छ । यद्यपी, निर्यात भने गत आर्थिक वर्षको यही अवधिको तुलनामा १०४ प्रतिशतले बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved