कुलमानलाई अर्थमन्त्रीको काउण्टर, ‘बिजुली बेच्ने होइन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 12:01:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आफू उर्जामन्त्री हुँदा दुरुस्त व्यवस्थापन गरेकै कारण लोडसेडिङ हटेको दाबी अर्थमन्त्री जनार्दन शर्माको छ । अहिले वर्षामा केही मात्रामा बिजुली निर्यात पनि हुँदै आएको छ । तर, वर्षामा नेपालका बिजुलीको उत्पादन बढी हुन्छ । त्यतिबेला आयातको बाध्यता पर्दैन ।

त्यस्तो बेलामा बिजुली निर्यातको पहल भईरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेलाबेलामा बताउने गरेका छन् । तर, अर्थमन्त्री जनार्दन शर्माले बिजुली निर्यातको नभई खपत बढाउने कार्ययोजना प्राधिकरणले बनाउनुपर्ने बताएका छन् । 

चैत १५ गते मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका सम्बन्धमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले प्राधिकरणले बिजुली बेच्ने नभई खपत बढाउनुपर्ने बताए । 

‘बिजुली बेच्नतिर लाग्ने होईन, खपत बढाउने हो’ उनले भने, ‘नेपालमै १० हजार मेगावाट बिजुली खपत हुनुपर्छ, यसका लागि आवश्यक सुधार गर्नुपर्छ ।’

‘बिद्युत बिक्रि भएन भन्दा पहिल्यैदेखि प्रतिवाद गर्दै आएको छु । उपयोग गर्न सक्या छैन, के को बिक्री ? प्रयोग गर्नुपर्यो हामीले यहाँ । विद्युत प्रयोग गर्न सक्ने क्षमताको विकास गर्नुपर्यो हामीले । सँगसँगै संरचना पनि विकास गर्नुपर्यो’ अर्थमन्त्रीले थपे, ‘बिजुलीको प्रयोग गर्ने चाहिँ भन्या छ, खाना पकाउनले बेलैमा चाहिँ लाइन गईदिहाल्छ, अनि कसरी हुन्छ ? नेपाल जस्तो देशमा अहिलेको अवस्थामा कम्तीमा १० हजार मेगावाट विद्युत खपत गर्नुपर्छ हामीले । बिजुलीको खपत बढाउँदै जाँदा ब्यापार घाटा कम गर्दै लैजान सक्छौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved