गरिब देशहरुको सम्मेलनः उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘बढ्दो ऋण र मुद्रास्फीतिको चुनौती पार गर्न ठोस राहतयुक्त सहयोगको खाँचो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2023 | 10:10:17 PM मा प्रकाशित

laxmi  sunrise bank

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अति कम विकसित देशहरुमा पछिल्लो समय बढ्दो ऋण र मुद्रास्फीतिको चुनौती रहेको बताएका छन् । उनले यस्तो चुनौती पार गर्न ठोस राहतयुक्त सहयोगको खाँचो रहेको बताए ।

अति कम विकसित मुलुकहरुको शिखरसम्मेलनलाई कतारको दोहामा सम्बोधनका क्रममा मन्त्री श्रेष्ठले दोहा कार्ययोजना कसैलाई पनि पछि नछोड्ने सिद्धान्तमा आधारित नवीकरण र बलियो विश्वव्यापी साझेदारीको खाका रहेको पनि उल्लेख गरे ।  उनले न्यायको विषयको रूपमा र हाम्रो अर्थतन्त्र र समाजको अस्तित्वको लागि, अनुकूलन, न्यूनिकरण, नोक्सान र क्षतिको लागि गरिएको जलवायु वित्त प्रतिबद्धताहरू पूर्ण रूपमा परिचालन गरिनुपर्नेमा जोड दिए ।

एलडीसीहरूमा सरल पहुँचका साथै डिजिटललगायत प्रविधि हस्तान्तरणलाई सुनिश्चित गरिनुपर्ने र महामारी र अन्य संकटसँग लड्न मद्दत गर्नुपर्नेमा उनले जोड दिए । ‘वृद्धिशील कदमहरू बाहेक, हामीले विकासशील विश्वको आवाज र प्रभावकारी सहभागिता सुनिश्चित गर्ने विश्व आर्थिक र वित्तीय प्रणालीलाई न्यायपूर्ण र समतामूलक बनाउनको लागि साहसी कदमहरू चाल्नुपर्छ’, उनले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved