चालु आर्थिक वर्षको ११ महिनामा ब्यापार घाटा १३ खर्ब ३७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷०८० को जेठ महिना सम्मको वैदेशिक ब्यापारको तथ्यांक अनुसार १४ खर्ब ८० अर्बको आयात हुँदा १ खर्ब ४३ अर्बको निर्यात भएको छ ।
११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको बस्तु तथा सेवाको आयात हुँदा निर्यात भने जम्मा १ खर्ब ४३ अर्ब ५८ करोडको मात्रै भएको हो ।
गत आर्थिक वर्षको यो अवधिमा १७ खर्ब ६३ अर्बको आयात हुँदा १ खर्ब ८५ अर्बको निर्यात भएको थियो । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा आयात १६ प्रतिशत र निर्यात झण्डै २३ प्रतिशतले घटेको छ ।