१७० अर्ब वैदेशिक सहायतामा ४० अर्ब मात्रै अनुदान, नेपाललाई सहयोग गर्ने निकाय १० मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2023 | 10:24:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले चालु आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा कुल १ खर्ब ७० अर्ब वैदेशिक सहायता प्राप्त गरेको छ । जस मध्ये १ खर्ब २९ अर्ब ऋण सहयोग रहेको छ भने बाँकि ४० अर्ब ६७ करोड अनुदान रहेको छ । विदेशी साझेदारहरुले आयोजना नै तोकेर सहायता प्रदान गरेका हुन् । 

प्रतिशतका हिसाबमा कुल वैदेशिक सहायता मध्ये ७६.१४ प्रतिशत ऋण हो भने बाँकि २३.८५ प्रतिशत मात्र अनुदान हो । यसले वैदेशिक सहयातको थिलो हिस्सा ऋण मात्र रहको देखाएको छ ।

नेपाललाई विदेशी सहायता गर्ने निकाय कुल १० वटा मात्रै रहेको देखिएको छ । नेपाललाई वैदेशिक सहयोग गर्नेमा एसिलायी विकास बैंक, युरोपियन युनियन, फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, फिनल्याण्ड, जापान (जाइका), कोरिया (कोइका), नर्वे, स्विजरल्याण्ड, युके, र विश्व बैंकमात्र रहेका छन् ।

यी निकायले विभिन्न २२ वटा सम्झौता गरेर नेपाललाई उक्त वैदेशिक सहायता दिएका हुन्। कुल २२ सम्झौता मध्ये ७ वटा मात्रै ऋण सम्झौता रहेपनि ऋणको हिस्सा भने ठुलो रहेको छ । विश्व बैंकले ५ वटा सम्झौता गरेकोमा ४ वटा ऋण सम्झौता नै गरेको छ । त्यस्तै एसियाली विकास बैंकले ४ वटा सम्झौता गरेको २ वटा ऋण सम्झौता रहेको छ भने २ वटा अनुदान सम्झौता रहेको छ । 

युके, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड,  फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन र युरोपेली युनियनले भने अनुदान सहयोग मात्र गरेका छन्  । 

हेर्नुस् कसले कति दिए ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved