आयातित वस्तुको प्याकेटमै वितरकको विवरण राख्ने व्यवस्थाबारे उपप्रधानमन्त्रीले छलफल गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 02:28:21 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशबाट आयात हुने वस्तुमा आयातकर्ता र वितरकको विवरण टाँस गर्नुपर्ने प्रावधानबारे छलफल गर्न उपप्रधानमन्त्रीले उपभोक्ता अधिकारकर्मीलाई बोलाएका छन् । आयातित वस्तुमा आयातकर्ता र वितरकको समेत विवरण सहितको लेबल टाँस गर्नुपर्ने प्रावधानका सम्बन्धमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारकर्मीलाई बोलाएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहिबार बिहान यसबारे छलफल गर्न उपभोक्ता अधिकारकर्मीहरुलाई सिंहदरबारबोलाएका हुन् । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बाँनियाले आफूहरुलाई भोली उपप्रधान तथा गृहमन्त्रीले छलफलमा बोलाएको पुष्टि गरेका छन् ।

‘बजेट कार्यान्वयन भएसँगै लागू भएका उपभोक्तासँग सम्बन्धित नयाँ प्रावधानबारे छलफल गर्न भोली उपप्रधानमन्त्रीले बोलाउनु भएको छ’ उनले भने, ‘अरु क–कसलाई बोलाउनु भएको छ थाहा छैन, तर हामीलाई पत्र आएको छ, भोली म आफैँ छलफलमा जाने भएकाले अहिले त्यसैको तयारी गर्दैछु ।’ 

बजेटमार्फत साउन १ बाट बजारमा आउने आयातित वस्तुमा आयातकर्ता र वितरकको समेत विवरण टाँस गर्नुपर्ने व्यवस्था गरिएको छ । भन्सार विभागले साउन १ बाट यो प्रावधान लागू गरिसकेको छ । 

बजार वितरकहरु भने यो प्रावधानले असजिलो अवस्था सिर्जना गरिदिएको र यसले मूल्य वृद्धिको मार थप्ने भन्दै कार्यान्वयन गर्न नसकिने दावी गर्दै आएका छन् ।

यसअघिः

आयातित वस्तुको प्याकेटमै वितरकको विवरण राख्ने व्यवस्थामा व्यवसायीको आपत्ति

वस्तुको प्याकेटमै आयातकर्ता र वितरकको विवरण टाँस्नुपर्ने नियमबाट भन्सार विभाग पछि हटेन

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved