एक वर्षमा झण्डै १९ अर्ब कर छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2023 | 02:14:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एक आर्थिक वर्षमा करिब १९ अर्ब रुपैयाँ कर छुट तथा सुविधा दिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको आन्तारिक राजश्व विभागले आर्थिक वर्ष २०७८/७९ करदातालाई १८ अर्ब ८० करोड ३९ लाख बराबरको कर छुट तथा सुविधा दिएको हो । 

आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयकरतर्फ १० अर्ब ७२ करोड ८२ लाख रुपैयाँ छुट दिइएको छ भने मूल्य अृभिवृद्धितर्फ ८ अर्ब ७ करोड ५७ लाख रुपियाँ कर छुट तथा सुविधा उपलब्ध गराइएको छ ।

विभागले आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यवसायिक छुट तथा सुविधाहरुमा ६ अर्ब ३४ करोड २४ लाख रुपैयाँ छुट दिएको छ । सोही ऐनको दफा ६४ बमोजिमको अवकाश कोष कर छुटमा १ अर्ब १८ करोड ४१ लाख रुपैयाँ कर छुट दिइएको छ । 

त्यस्तै आर्थिक ऐन २०७९ को दफा २१ बमोजिमको कोभिड १९ को छुट तथा सहुलियत सुविधामा ३ अर्ब २० करोड १७ छुट दिएको छ । जसअन्तर्गत डे ०१ आय विवरण बुझाउने करदातालाई ७५ प्रतिशत अर्थात २ अर्ब १३ करोड ९१ लाख छुट दिएको छ । कारोबार रकमको आधारमा कर बुझाउने करदातालाई ५० प्रतिशत अर्थात ७९ करोड १५ लाख र होटल यातायात पर्यटन व्यावसाय एक करोडभन्दा बढिको कारोबारमा लाग्ने करमा ५० प्रतिशत अर्थात २७ करोड ११ लाख कर छुट दिएको तथ्यांकले देखाउँछ । 

त्यस्तै मूल्य अभिवृद्धि कर फिर्ता अन्तर्गत करदातालाई मूल्य अभिवृद्धि कर फिर्तातर्फ ७ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ र कुटनैतिक मूल्य अभिवृद्धि कर फिर्तातर्फ २३ करोड रुपैयाँ छुट दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved