विदेशबाट २६४ अर्ब लगानी आउँदा कर्णालीमा ०.०२ प्रतिशत मात्रै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2023 | 04:53:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७८/०७९ मा नेपाल भित्रिएको कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मधे कर्णाली प्रदेशमा जम्मा ०.०२ प्रतिशत मात्र लगानी भएको पाईएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिदा कर्णाली प्रदेशमा सबैभन्दा कम लगानी आएको भेटिएको हो । 

नेपाल भित्रिएको कुल एफडीआई मध्ये आधा भन्दा धेरै बागमती प्रदेशमा लगानी भएको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार कुल एफडीआईको ५५.४ प्रतिशत बागमती प्रदेशमा लगानी भएको छ । बागमतीमा एक खर्ब ४६ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

यसैगरी कोशी प्रदेशमा १७ प्रतिशत अर्थात ४५ अर्ब ५ करोड ६५ लाख रुपैयाँ एफडीआई भित्रिदाँ गण्डकीमा १६.८ प्रतिशत अर्थात ४४ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ एफडीआई भित्रिएको छ ।

सबैभन्दा कम एफडीआई भित्रने प्रदेशमा कर्णाली परेको छ । जहाँ जम्मा ०.०२ प्रतिशत अर्थात ४ करोड ७८ लाख रुपैयाँ भित्रिएको छ । प्रतिवेदन अनुसार कम एफडीआई भित्रने सूचीको दोस्रो स्थानमा सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा जम्मा ०.९ प्रतिशत अर्थात २ अर्ब ३२ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ । 

यसैगरी, मधेश प्रदेश र लुम्बिनीमा क्रमशः ८.८ र १ प्रतिशत एफडीआई आएको छ । मधेशमा २३ अर्ब ३२ करोड ३३ लाख एफडीआई  आउँदा लुम्बिनीमा २ अर्ब ७१ करोड १० लाख रुपैयाँ एफडीआई लगानी भएको प्रतिवेदनमा उल्लेख छ । 

नेपालमा हाल ५७ वटा देशबाट एफडीआई आउने गरेको छ । नेपालमा सबैभन्दा धेरै एफडीआई ल्याउने मुलुकमा भारत र चीन रहेका छन् ।

हेर्नुस् आर्थिक वर्ष २०७८/०७९ मा नेपाल भित्रिएको एफडीआईको प्रदेशगत विवरण



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved